चीनका तीन कृषि प्रणाली विश्व सम्पदामा सूचीकृत

  जेठ ०९, २०८२

साझाखबर १९ मे:संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले चीनका तीनवटा सम्पदा प्रणालीहरूलाई आधिकारिक रूपमा मान्यता दिएको छ । गान्सुको काओलानमा रहेको शछ्वान प्राचीन नाशपाती बगैंचा प्रणाली, चच्याङको त छिङ ताजा पानीको पर्ल कम्पोजिट प्रणाली र फुच्येनमा रहेको फ्युडिङ सेतो चिया संस्कृति प्रणालीलाई विश्वव्यापी रूपमा महत्त्वपूर्ण कृषि सांस्कृतिक सम्पदा प्रणालीको रूपमा समावेश गरेको हो ।

विश्वव्यापी रूपमा महत्त्वपूर्ण कृषि सम्पदा प्रणालीहरू परम्परागत कृषि प्रणालीहरू हुन् जसको महत्त्वपूर्ण ऐतिहासिक र सांस्कृतिक मूल्य छ ।  हालसम्म विश्वव्यापी रूपमा महत्त्वपूर्ण कृषि सांस्कृतिक सम्पदा स्थलहरूको संख्या २५ पुगेको छ जसमध्ये चीन विश्वमा पहिलो स्थानमा छ।

यो जानकारी चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले बेइजिङ समय अनुसार मे १९ तारिख साँझ दिएको हो ।  

तपाईको प्रतिक्रिया