बीजेपी विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेपाली नेताबीच भेटघाटका तस्बिरहरू

  १५ घण्टा अगाडि

अप्रिल ३०, बुधबार नेपाल भ्रमणमा गएका भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन् । चौथाइवालेले भारतको जम्मू–कश्मीर क्षेत्रस्थित पहलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाइवाले सन्तुष्ट देखिए ।

उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएको थियो । तीन दिवसीय भ्रमणका क्रममा चौथाइवालेसँग भाजपा र नेपालका दलहरूबीचको सम्बन्धबारे कुराकानी भयो। विदेश नीति निर्माणमा भारतीय प्रधानमन्त्री र परराष्ट्रमन्त्री नै मुख्य हुने भएकाले भाजपा विदेश विभाग प्रमुखको नेपाल आगमन चाहिँ सामान्यतया पाकिस्तान मामिला हो ।

नेपाली काङ्ग्रेसः

नेपाल भ्रमणका क्रममा विजय चौथाइवालेले सबैभन्दा बढी नेपाली काङ्ग्रेसका नेताहरू भेटेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा

रमाइलो भेटघाट र पारस्परिक हितका धेरै विषयमा गहन छलफल।

पूर्व परराष्ट्रमन्त्री एनपी सावद र उनकी श्रीमती ज्योत्स्ना सावद

काङ्ग्रेस महामन्त्री गगन थापा

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेस नेता उदय शमशेर राणा

परिवर्तित क्षेत्रीय तथा विश्व राजनीतिका विषयमा छलफल। नेपाल-भारत सम्बन्धका अनेक पहलु, भारतीय जनता पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्ध, द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन ट्रयाक – २ डिप्लोमेसीको महत्वपूर्ण भूमिकाका विषयमा संवाद।

नेपाली काँग्रेसका प्रभावशाली राजनीतिज्ञ तथा सांसद सदस्य डा. शेखर कोइराला

पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत

गृहमन्त्री रमेश लेखक

काठमाडौंमा नेपालका गृहमन्त्री रमेश लेखकसँग न्यानो भेट। पहलगाममा भएको आतंकवादी हमलाको बारेमा छलफल, जसमा एक नेपाली नागरिकको पनि मृत्यु भएको थियो। आतंकवाद विरुद्धको लडाईमा नेपाल भारतको साथमा रहेको गृहमन्त्रीको आश्वासन।

नेकपा एमाले

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आपसी हितका धेरै विषयमा छलफल गर्न पाउनु सौभाग्यको कुरा थियो। उहाँले कश्मीरमा भएको आतंकवादी हमलामा निर्दोष पीडितहरूको मृत्युप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो।

अर्थमन्त्री विष्णु पौडेल

एमाले महासचिव शंकर पोखरेल

तस्बिर साभारः गोपाल खनालको फेसबुक पेज

नेकपा माओवादी केन्द्रः

पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्डपुत्री

माओवादी केन्द्रिय सदस्य जनार्दन शर्मा प्रभाकर

माओवादी उपमहासचिव वर्षमान पुन photo and information from ekantipur.com

पुन, ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सद्भाव र छैन । भारतको जम्मू–कश्मीर क्षेत्रस्थित पहलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपालको निन्दा प्रशंसनीय । माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको ।

राष्ट्रिय स्वतन्त्र पार्टीः

कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्ले

छलफलको विषयः द्विपक्षीय राजनीतिक सम्बन्ध, अन्तरदेशीय मित्रता, पहलगाम घटना र KIIT घटनाको बारेमा। RSP ले क्षेत्रीय शान्ति र विकासको मामिलामा भारतीय चासोलाई समर्थन गर्ने।

नेकपा समाजवादी

नेकपा समाजवादी अध्यक्ष माधव कुमार नेपाल

लोकतान्त्रिक समाजवादी पार्टी

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर

जनमत पार्टी

जनमत पार्टीका अध्यक्ष सीके रावत

तपाईको प्रतिक्रिया