मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’

  बैशाख १५, २०८१

काठमाडौँ, १५ वैशाख : मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’ नाटक मञ्चन भइरहेको छ । युवहरूले देश छाड्न गरिरहेको सङ्घर्ष, यसको कारण, विदेश पुग्ने लहर लगायतका विषयलाई समेटेर सागर खातीले निर्देशन गर्नुभएको नाटकमा मिलन कार्की, सुदिप खतिवडालगायतले अभिनय गरिरहनुभएको छ ।

विदेशिने युवाको विषयलाई नाटकमा ल्याउने तयारी गरिरहँदा बालकुमारीमा घटेको घटना पश्चात झनै गम्भीर भएर काम गरेको निर्देशक खातीले बताउनुभयो । “नाटकमा समकालीन समाजका गम्भीर विषयलाई हास्य शैलीमा देखाइएको छ, आफूसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहँदा यो विषयमा केही गरौँ भन्ने झनै लागेको हो, देखासेकी र लहरले मानिसलाई कुन हदको समस्यामा पु-याइरहेको छ, भन्ने देखाइएको छ”, निर्देशक खातीले भन्नुभयो । सोमबारबाहेक साताको प्रत्येक दिन यही वैशाख २३ गतेसम्म नाटक मञ्चन गरिने मण्डला नाटकघरले जनाएको छ ।

तपाईको प्रतिक्रिया