पेट्रोल, डिजेल र मट्टितेलको मूल्य तीन रुपैयाँले बढ्यो

  बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुनेगरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । 

नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपियाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपिया ४६ पैसा मूल्य बढेको हो । 

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर एकसय ७८, डिजेल र मट्टितेल प्रतिलिटर एकसय ६१ रुपियाँ पुगेको छ । पहिलो वर्ग अन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपियाँ ५० पैसा तोकिएको छ ।

यस्तै दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङ्का लागि एकसय ७७ रुपियाँ मूल्य रहेको छ । तेस्रो वर्ग अन्तर्गतको काठमाडौँ, पोखरा र दिपायलका लागि  पेट्रोलको मूल्य एकसय ६१ रुपियाँ कायम गरिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया