गायिका ममताको ‘प्रशंसा’ सार्वजनिक

  चैत २८, २०८०

काठमाडाैं, २८ चैत : गायिका ममताको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ। राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३: १ देखि ५ बाट लेखिएको हो । यो पद होसन्ना मण्डलीको वार्षिक पद पनि हो । गीतमा शब्द र सङ्गीत लिदिया लामाको छ । गीतमा कोरस स्वर विमला, पवित्रा र शारदाको छ।

गीतको भिडियोमा देवीसरा बादी फिचर्ड हुनुहुन्छ भने देवीसराले बादी समुदायलाई प्रतिनिधित्व गर्दै विश्वसामु नेपाललाई चिनाउन प्रयास गरिरहनुभएको छ । उहाँ बादी समुदायको शिक्षाका लागि २ दशकदेखि निरन्तर लागिरहनुभएको छ । 

उहाँसँगै भिडियोमा एचसीएम ब्याण्डलाई देख्न सकिन्छ। दिनेश पराजुली र विशाल थापाले खिच्नुभएको भिडियोको निर्देशन गणेश शाहले गर्नुभएको हो । यस्तै, ‘प्रशंसा’ का गीतकार तथा चलचित्र निर्माता सुवास भुसाल हुनुहुन्छ भने भिडियो सम्पादन टेकेन्द्र शाहले गर्नुभएको हो । 

https://youtube.com/watch?v=M7QbzGtl-04%3Fsi%3D0Cj-o3S30Sl1c9FS

तपाईको प्रतिक्रिया