सन्तुलाई मिसेस डिभाको ताज

  चैत २०, २०८०

काठमाडौं, २० चैत : मिसेस डिभा नेपाल २०२४ को ताज कपन काठमाडौँ की सन्तु लामा गुरुङले पहिरिन सफल हुनुभएको छ । राजधानीको म्युजिक सिटी स्टुडियोमा सोमबार अपराह्न सम्पन्न कार्यक्रममा विद्या के.सी. खड्का फस्ट रनर अप तथा पवित्रा श्रेष्ठ सेकेण्ड रनर अप हुन सफल हुनुभएका छ । हिमालयन मुभिज् प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रम, तेस्रो संस्करण हो ।

सुन्दर ओपनिङ, नृत्यबाट सुरु भएको कार्यक्रममा करिब एक दर्जन प्रतियोगीहरूले परिचयात्मक चरण, फेशन सो, प्रश्नोत्तर चरण, लिखित चरण हुँदै क्राउनिङ चरणसम्म पुग्दा आफूलाई कुशल फाइनलिस्टको रूपमा प्रस्तुत गराएका थिए । कार्यक्रमको नृत्य, क्याटवाक तथा सम्पूर्ण तीन साताको प्रशिक्षण चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।

कार्यक्रमको मध्यान्तरमा कोरियोग्राफर सुब्बा आफैँ समेत स्टेज मा आकर्षक पहिरनमा देखिनुभएको थियो । कार्यक्रममा विविध सबटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो । जसमा विजेता सन्तु लामा गुरुङले मोस्ट डिलिजेन्ट एवम् मोस्ट पपुलर, फस्ट रनरअप विद्या केसी खड्काले मोस्ट एक्टीभ, सेकेण्ड रनर अप पवित्रा श्रेष्ठले बेस्ट फोटोजेनिक, वेस्ट ट्यालेन्ट तथा पब्लिक भिडियो च्वाइस अवार्ड जित्नुभएको थियो ।

यसैगरी, विष्णु सर्तूगेँ मोस्ट स्माट, उर्मिला थापा बेस्ट पर्सनालिटी, राजकुमारी राउत बेस्ट डिसीप्लीन, उर्वशी श्रेष्ठ वेस्ट कम्प्लेक्सन, कृतिका बुढाथोकी मोस्ट कन्फिडेन्ट र रोजी ब्लोनले मोस्ट चार्मिङ अवार्ड जित्न सफल हुनुभएको छ ।

कलाकारहरूको विविध नृत्य प्रस्तुति समेत रहेको सो कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता चलचित्रकर्मी सीमान्त उदास, नायक तथा इभेन्टकर्मी एस राज गराच, कस्मेटोलोजिस्ट तथा सौन्दर्यकर्मी डा. रेखा थापा, मिसेस मङ्गोल नेपाल २०२२ सम्झना तामाङ तथा मिसेस नेपाल आइडल २०२४ निशु काफ्ले रहनुभएको थियो । कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो ।

विविध पेसामा आबद्ध पेसागत तथा गृहिणी विवाहित महिलाहरूको क्षमता प्रतिभाको उजागर एवम् बढोत्तरी गर्ने उद्देश्यले आयोजित विवाहित महिलाहरूको सो सौन्दर्य प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया