समाजवादी मोर्चाको अन्तरक्रिया

  चैत २०, २०८०

काठमाडौं, २० चैत : समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । मङ्गलबार दिउँसोबाट राष्ट्रिय सभा गृहमा मोर्चाको नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया सुरु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवम् उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया