वृत्तचित्र ‘ड्रिम्स’ लाई उत्कृष्ट अवार्ड

  चैत १३, २०८०

काठमाडौँ, १२ चैत : १३ औँ नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवमा वृत्तचित्र ‘ड्रिम्स’ लाई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ । सोही अवसरमा स्वयम् मास्के मानन्धरले निर्देशित लघु चलचित्र ‘बु, द बाऊ, द काफ’ ले स्पेसल मेन्सन अवार्ड प्राप्त गर्‍यो ।

अवार्ड युरोपियन डेलिगेसनका उपराजदूत डा. जोएल इभोनेटले वितरण गर्नुभयो । यसै वर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा विजेता चलचित्रकर्मी सहभागी हुने अवसर पाउने छन् । महोत्सवमा छनोट भएका र प्रदर्शन गरिएका नौ वटा लघु चलचित्रलाई समेत प्रमाणपत्र प्रदान गरियो ।

तपाईको प्रतिक्रिया