३१ विधामा म्युजिक अवार्ड प्रदान

  चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औँ संस्करणमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो । सुगम सङ्गीततर्फ निसान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायकगायिकाको अवार्ड पाउनुभयो । 

सोही कार्यक्रममा गायिका मीरा राणालाई एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मान गरियो । सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपियाँसहित पत्रकार शान्तिप्रियालाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रूपक डोटेललाई प्रेमध्वज सङ्गीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसङ्गीत सम्मानबाट सम्मानित गरियो । कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मानबाट सम्मान गरियो ।

तपाईको प्रतिक्रिया