सांसद सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

  फागुन २६, २०८०

काठमाडौं, २६ फागुन : नेकपा (माओवादी केन्द्र) का सांसद एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । 

शनिबार काठमाडौंमा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो। गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुनुहुन्छ भने लेखक सुदन किराती र गायक, कनकाइस्ट राई हुनुहुन्छ । 

कार्यक्रममा बोल्दै सांसद किरातीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताउनुभयो। उहाँले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताउनुभयो। उहाँले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो सार्वजनिक गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया