समको नाटक ‘अन्धवेग’ मञ्चन

  फागुन २२, २०८०

काठमाडौँ, २२ फागुन : बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ यही चैत १८ सम्म मञ्चन हुने आयोजकले जनाइएको छ ।

समले लेख्नुभएको नाटक मञ्चीय दृष्टिकोणबाट हेर्दा जटिल छन् भन्ने भाष्य निर्माण भएको छ । यो नाटक सरल, स्वभाविक र कोमल संवादले भरिपूर्ण रहेको खतिवडाले जानकारी दिनुभयो । 

कर्मको फल, प्रेम र नैतिकतामा नाटकलाई प्रस्तुत गरिएको छ । नाटकमा अनुप न्यौपाने, प्रमिला खनाल, शारदा अधिकारी, सङ्गीता थापा, सुवास तिमल्सिना, सुन्दर धिताल, सन्तोष गिरी, सन्देश कार्की, बारात लिम्बू, सागर खाती, केशव शाही र रिजन केसीको अभिनय छ ।

तपाईको प्रतिक्रिया