नियमित मञ्चनमा नाटक ‘अन्धवेग’

  फागुन १९, २०८०

काठमाडौँ, १९ फागुन : थापागाउँस्थित मण्डला नाटकघरमा नाटककार बालकृष्ण समले लेख्नुभएको नाटक ‘अन्धवेग’ को मञ्चन सुरु गरिएको छ । सन १९९६ मा प्रकाशित दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ । यही फागुन १८ गतेदेखि सुरू भएको कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गर्नुभएको भएको नाटक आगामी चैत १८ सम्म मञ्चन हुनेछ ।

“पुरानो नाटकलाई प्राथमिकता दिनुपर्छ भनेर मैले नाटककार समको नाटक रोजेको हुँ, पारिवारिक कथामा आधारित यस नाटकमा क्षणिक आवेगले निम्त्याएको दूषपरिणामलाई देखाइएको छ”, निर्देशक खतिवडाले भन्नुभयो ।

सामाजिक कथावस्तु समेटिएको नाटकका मुख्य पात्र पम्फा, गरुणध्वज र जयवीर हुन् । पम्फा र गरुणध्वज पतिपत्नी हुन् । उनीहरुको जीवनमा तेस्रो पात्र जयवीरको प्रवेशपछि पारिवारिक सम्बन्धमा आइपर्ने उतारचढाव नाटकको मुख्य विषयवस्तु हो ।

यसमा अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, सङ्गीता थापा, बारात लिम्बू, शारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, सन्देश कार्की, सन्तोष गिरी लगायतले अभिनय गर्नुभएको छ । ‘अन्धवेग’सँगै मण्डला नाटकघरको योजनाअनुसार अन्य छ नाटक पनि लगातार मञ्चन हुनेछ ।

तपाईको प्रतिक्रिया