मेनुकाको आवाजमा ‘छुनै हुन्न जस्तो’

  फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : गायिका मेनुका पौडेलको आवाजमा ‘छुनै हुन्न जस्तो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा सिडी विजय अधिकारीले सङ्गीत दिनुभएको छ । गीतले युवकयुवतीको प्रेम भाव दर्शाउँछ । 

गीतको भिडियोमा प्रभातपल ठकुरी र जुना सुन्दासको अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीले खिच्नुभएको गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया