‘खेल’ को शुभमुहूर्त

  पुष १२, २०८०

काठमाडौँ, १२ पुस : नेपाली सिरिज ‘खेल’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामरा र स्क्रिप्ट पूजा गरिएको हो ।

अनुराग प्रधानले निर्देशन गर्नुभएको सिरिजमा अभिनेतृ सुरक्षा पन्त प्रमुख कलाकारका रूपमा देखिनुभएको छ । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओलीलगायतको अभिनय रहने छ । सिरिज काठमाडौँभित्र करिब एक महिना छायाङ्कन हुने छ । 

पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीको कथा रहने छ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भए पनि चलचित्रको कुनै भाषा नहुने भएकाले ‘खेल’ लाई विश्वका सबैले हेर्न सक्ने प्रधानले बताउनुभयो । 

यस सिरिजका निर्माता आशिषराज महर्जन र  लेविसराज महर्जन हुन् भने सहनिर्माता कुनाल गुरुङ हुनुहुन्छ । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया