भारतमा नेपाली युवा सम्मानित

  पुष १२, २०८०

काठमाडौं, ११ पुस : भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा उत्तर प्रदेश आर्टिष्ट एकेडेमीद्वारा आयोजित  ‘युपिए अवार्ड’ समारोहमाझ नेपाली युवाहरु सम्मानित भएका छन । 

उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड समारोहमा सम्मानित हुनुहुनेहरुमा संचार क्षेत्रबाट सरोज ओझा, मोडलिङ क्षेत्रबाट आयुस खान, समाजसेवा तथा स्वास्थ्यमा वाङचुक राप्तेन लामा एवं कला क्षेत्रबाट नितु कोइराला, विशाल नेपाली र सचिन खडका रहनुभएको छ ।

एकेडेमीले भारत, नेपाल लगायतका देशका नागरिकहरुलाई युपिए अवार्डबाट सम्मानित गरेको छ । कार्यक्रममा बलिउड कलाकारदेखी मोडल, सामाजिक अभियन्ता, शिक्षाविद, पत्रकार, खेलकर्मी लगायतका पेशाकर्मीहरुको सहभागीता रहेको थियो । 

तपाईको प्रतिक्रिया