बाबु र छोरीको सम्बन्ध ‘चित्रा’

  पुष ०५, २०८०

काठमाडौँ, ४ पुस : घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई देखाइएको छ ।

चलचित्रमा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरेलगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्र निर्माता आशिष थापामगर हुन् भने सन्तोष आफैँ कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको सङ्गीत छ । महेश पौडेलको छायाङ्कन, बनिष शाह र सन्देश शाहको सम्पादन छ भने सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्ममा पाश्र्व सङ्गीत शैलेश श्रेष्ठको छ । यस्तै सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असीम थापाको ड्रोन, विजय बस्यालको पोस्टर डिजाइन छ ।

तपाईको प्रतिक्रिया