‘हिँड माया हिँड’ सार्वजनिक

  पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘हिँड माया हिँड’ सार्वजनिक भएको छ । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द र सङ्गीत छ । स्वरमा उहाँलाई गायिका स्मिता दाहालले साथ दिनुभएको छ । 

मसाज सेन्टर या डान्सबारको काम भनेर लैजाने तर त्यहाँ पुर्‍याएपछि देह व्यापारमा लगाउने, यातना दिनेलगायतका समस्या बढिरहेका छन् । त्यही कथा गीतमा छ । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियङ्का कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय रहेको छ । 

पवन सुस्लिङले खिच्नुभएको गीतको भिडियो सम्पादन प्रवीण भट्टले गर्नुभएको हो भने गीतमा गम्भीर विष्टको निर्देशन रहेको छ ।

तपाईको प्रतिक्रिया