‘पूजार सार्की’ मा दुई नायिका प्रवेश

  पुष ०३, २०८०

काठमाडौँ, ३ पुस : दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पूजार सार्की’ मा दुई जना अभिनेतृको प्रवेश भएको छ । अञ्जना बराइली र परीक्षा लिम्बू चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । 

दुई हप्ताअघि निर्माण समूहले अभिनेतृका लागि अडिसन आह्वान गरेको थियो । दुवैलाई अडिसनबाटै छानिएको जनाइएको छ । चलचित्रमा यसअघि नै अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् । आगामी माघको पहिलो साताबाट पश्चिम नेपालमा छायाङ्कन गर्न लागिएको चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ । 

किङ्गडम नेटवर्कको प्रस्तुति रहने चलचित्रको वितरणको जिम्मा आरआर फिल्मस (रोहित–रत्न) ले लिएको छ । पहिलो पटक आर्यन, प्रदीप र पलले एकसाथ फिल्ममा काम गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया