डिआर सुजनको ‘सेतो रौँ’ सार्वजनिक

  मंसिर ३०, २०८०

काठमाडौँ, ३० मङ्सिर : गायक तथा सङ्गीतकार डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । नेपाली युवा किन विदेशिन बाध्य हुन्छ भन्ने कुरा सुजनको गीतको कथामा समेटिएको छ । सुजनसँगै गीतमा टीका पुन, धर्म गन्धर्वको आवाज रहेको छ । 

सङ्गीत, शब्द तथा निर्देशन सुजनकै रहेको गीतको भिडियोमा जयकिसन बस्नेत, देशभक्त खनाल, रामबाबु रेग्मी, भगवती खड्का र सुजन स्वयम्को अभिनय देख्न सकिन्छ । विगत एक दशकअघिदेखि गीत सङ्गीतमा लाग्नुभएका सुजन देशको यथार्थमा केन्द्रित भएर कथावस्तु लेख्ने गर्नुहुन्छ । बाउआमा, फुली नाकैमा, दुखी बाहुन, उडेको चरी, नेपाली हाम्रो जात जस्ता थुप्रै चर्चित गीत निकाल्नुभएको छ ।

तपाईको प्रतिक्रिया