काभ्रेपलाञ्चोक, २२ वैशाख : धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको थियो ।
सम्झौतामा जापानका विभिन्न १० कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षसम्म रोजगारी दिइने उल्लेख छ । सोहीअनुसार जापानी भाषा तथा सीप कक्षाको सुरुआत गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । “सम्झौताअनुसार जापानी भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने भएकाले प्रारम्भिक चरणमा स्थानीय युवा महिलालाई कक्षा सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।
नगरप्रमुख ब्याञ्जूका अनुसार जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्ने छ । नगरको कृषि तथा पशुपालन व्यवसायलाई निकट भविष्यमा आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन युवा महिलालाई भाषा ९एन–४ लेभलसम्मको० तथा आवश्यक सीप सिकाइमा कक्षा सञ्चालन गरिएको हो । बीस वर्ष पूरा भई ३० वर्ष ननाघेका कृषि तथा पशुपालनमा संलग्न परिवारका सदस्यलाई हाल भाषा तथा सीप प्रदान गर्न थालिएको होे ।
नगरले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि धुलिखेल नगरको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । यस नगरलाई विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले नेपालको पहिलो स्वस्थ सहरको रूपमा सूचीकृत गर्ने तयारी गरिरहेको छ । काठमाडाँैबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनामा पहिलो स्वस्थ सहरको मान्यता दिई नगरलाई सदस्यता प्रदान गर्ने जनाइएको थियो । दिगो विकासका चार लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको बताइन्छ । रासस
कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन तालिम
काभ्रेपलाञ्चोक, २२ वैशाख धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको थियो ।