पालिकासँगको सहकार्यमा विकासका काम

  चैत १४, २०७९

मोरङ, १४ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पालिकासँगको सहकार्यमा जनतालाई विकासको अनुभूति गराउने काम गरिरहेको बताउनुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै पालिकाले ल्याउने उत्पादन वृद्धि र रोजगार सिर्जना गर्ने परियोजनालाई सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो उहाँले भन्नुभयो, “पालिकाले विकासका कार्यलाई तीव्रता दिन करको दायरा बढाई दर घटाउनुपर्नेमा जोड दिनुभयो ।”

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “सङ्घीय सरकारले प्रदेश र पालिकालाई वित्तीय बाँडफाँटअन्तर्गत १५-१५ प्रतिशत रकम दिने कानुनलाई परिवर्तन गरी प्रदेश र पालिकामा ७० प्रतिशत गराउनुपर्नेमा जोड दिनुभयो ।” सङ्घकी प्रदेश उपाध्यक्ष उर्मिला राईले पालिकाका जनप्रतिनिधिले जनतालाई विकासको अनुभूति गराउनुपर्ने विचार राख्नुभयो ।

सो अवसरमा गाउँपालिका महासङ्घका प्रदेश अध्यक्ष ताराबहादुर काफ्लेले प्रतिवेदन पेश गर्नुभएको थियो । अधिवेशनमा प्रदेशका ८८ पालिकाका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रासस

तपाईको प्रतिक्रिया