खप्तड गोल्डकप : मनाङ मस्र्याङ्दी सेमिफाइनलमा

  चैत १३, २०७९

कैलाली, १३ चैत : मनाङ मस्र्याङ्दी क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धनगढीमा भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे । यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए ।

खेलको ३७औँ मिनेटमा तिमोथेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए । बागमतीले खेलको ४१औँ मिनेटमा बराबरी गोल फर्कायो । बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल ग¥यो । मनाङका लागि खेलको ६६औँ मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

सर्वाधिक धनराशिको प्रतियोगिताका विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन छ, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । रासस

तपाईको प्रतिक्रिया