प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

  चैत १३, २०७९

काठमाडौं, १३ चैत :  प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का कारागार चलान भएका हुन् ।

७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं,प्रचण्ड सरकार मुर्दावादलगायतका नारा लगाएका थिए ।

त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।

 

तपाईको प्रतिक्रिया