वनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड

  चैत ०९, २०७९

गण्डकी, ९ चैत : सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै समृद्धिको आधारकारूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी वक्ताले वनलाई समृद्धिसँग जोडपर्नेमा जोड दिएका हुन् ।

आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर वन पैदावारको सहजरूपमा उपयोग र निकासी गरी आम्दानीको स्रोत बनाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

गाउँपालिकाले स्थानीय वन ऐन निर्माण गरिसकेको छ भने कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले आवश्यकता अनुसार परिमार्जन गर्दै उपभोक्ता समूहसँगको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष पौडेलले विभिन्न सङ्घ संस्थालाई मानवीय, सामाजिक र आर्थिक विकासमा उपयोग गर्दै पालिकाको समग्र विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि र उद्यमसँग वनलाई जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष एवम् सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सदस्य सीता थापाले नेतृत्व विकाससँगै आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्यद्वय तारा शर्मा र हरि बाँस्तोलाले उपभोक्ताले संरक्षण, प्रवद्र्धन र विकासमा अमूल्य योगदान पु¥याउँदै वनलाई आम्दानीको स्रोतका रूपमा विकास गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाका अध्यक्ष दोवबहादुर कार्कीले सामुदायिक वनको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै वन तथा वातावरण संरक्षणमा स्थानीय तह जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तपाईको प्रतिक्रिया