शिक्षक सङ्घ सोलुखुम्बुको अध्यक्षमा राई

  चैत ०५, २०७९

सोलुखुम्बु, ५ चैत : नेपाल शिक्षक सङ्घ सोलुखुम्बुको अध्यक्षमा मदन राई विजयी हुनुभएको छ । सदरमुकाम सल्लेरीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनको निर्वाचनबाट दुई सय ८४ मतका साथ राई विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी महाप्रसाद फुयाँलले एक सय ८१ मत प्राप्त गर्नुभयो । शनिबार राति सकिएको निर्वाचनको अन्तिम मत परिणामअनुसार उपाध्यक्षमा राईकै प्यानलका राधादेवी बस्ने निर्वाचित हुनुभएको छ । राधादेवीले दुई सय ७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सीताकुमारी आचार्यले एक सय ७३ मत प्राप्त गर्नुभयो ।

सचिवमा भने महाप्रसाद फुयाँल प्यानलका प्रकाश राई विजयी हुनुभएको छ । उहाँ दुई सय ४१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी उत्तरकुमार राईले दुई सय चार मत प्राप्त गरेको शिक्षक सङ्घले जनाएको छ । अर्का उपाध्यक्षमा राजु दुलाल र अर्थ सचिवमा रेमन्तकुमार बस्नेत निर्वाचित हुनुभएको जनाइएको छ । अन्य सदस्यहरुमा पनि मदनकै प्यानलका विजयी भएको बताइएको छ ।

अधिवेशनले १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । शिक्षक सङ्घ सोलुका सात सय दुईजना सदस्यमध्ये चार सय ६७ जनाले मतदान गरेका थिए । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया