उपत्यकाका १४ वटा क्याम्पसमा ६० प्रतिशत मतदान : सातमा चुनाव हुन सकेन

  चैत ०५, २०७९

काठमाडौं, ५ चैत  : त्रिभुवन विश्वविद्यालयको देशभरका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार देशभरमा त्रिवि अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा ६० प्रतिशत मतदान भएको छ।

त्रिवि समन्वय महाशाखा प्रमुख दीपक तिवारीका अनुसार त्रिविको उपत्यकाको १४ वटा आङ्गिक क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ। उहाँले उपत्यका अन्तर्गत रहेका सानोठिमी क्याम्पसमा एक हजार ३०२ मतदाता रहेकोमा ७९५ जनाले मतदान गरेको जानकारी दिनुभयो।

भक्तपुर क्याम्पसमा चार हजार एक मतदातामध्ये दुई हजार २२ विद्यार्थीले मतदान गरेका छन्। ललितपुरस्थित पुल्चोक क्याम्पसमा दुई हजार ६९९ मतदातामध्ये दुई हजार ३४१ जना, थापाथली इन्जिनियरिङ क्याम्पसमा एक हजार ७३८ मध्ये एक हजार ५५० जनाले मतदान गरेका छन्।

बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा पाँच हजार ६६९ मतदातामध्ये एक जार ८१७ जनाले मतदान गरेका छन्। महाराजगञ्ज चिकित्सा क्याम्पसमा एक हजार ३१० मतदातामध्ये एक हजार १८२, महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३६९ मध्ये ३५१, सरस्वती क्याम्पसमा दुई हजार ४५३ मध्ये एक हजार ४४३ जनाले मतदान गरेका छन्।

यसैगरी, स्ववियु निर्वाचनमा पब्लिक युथ क्याम्पसमा चार हजार १३९ मतदातामध्ये एक हजार ७५६, महेन्द्ररत्न क्याम्पस, ताहचलमा दुई हजार ४३ मध्ये ८७८ ले मतदान गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा तीन हजार ४२२ मतदातामध्ये दुई हजार ७६, नेपाल ल क्याम्पसमा दुई हजार २६९ मध्ये एक हजार २६६, जनप्रशासन क्याम्पसमा एक हजार २२५ मध्ये ८३६ ले मतदान गरेका छन्।

महाशाखाले शंकरदेव क्याम्पसमा आठ हजार ४८५ मतदातामध्ये तीन हजार १७७ विद्यार्थी मतदाताले मतदान गरेको जनाएको छ।

उपत्यकाका सात क्याम्पसमा चुनाव हुन सकेन

उपत्यकाका सात क्याम्पसमा भने चुनाव हुन सकेन। त्रिवि अन्तर्गत उपत्यकामा रहेका सात वटा क्यामपसमा चुनाव हुन नसकेको हो। आयुर्वेद क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्श क्याम्पस, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पसमा चुनाव हुन नसकेको हो।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले चुनाव हुन नसकेका बाँकी क्याम्पसमा यथाशीघ्र प्रक्रिया अघि बढाइने जनाएको छ। गोरखापत्रबाट

तपाईको प्रतिक्रिया