बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

  चैत ०३, २०७९

हेटौँडा,चैत ३ : बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

खेलाडीसँग प्रदेश सरकार सँगसँगै रहेको बताउँदै उहाँले क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शिर उँचो भएको बताउनुभयो ।

युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको छ । यसअघि सङ्घीय सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रति खेलाडी रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया