पपुवान्युगिनीले नेपाललाई जितका लागि एक सय असी रनको लक्ष्य दियो

  फागुन १९, २०७९

काठमाडौँ, फागुन १९ : आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवान्युगिनीले नेपाललाई जितका लागि एक सय ८० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो ।

पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लिन डोरिगाले २६ रन बनाए ।

गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११-११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई- दुई विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एक÷एक विकेट झारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

तपाईको प्रतिक्रिया