त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

  फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : त्रिभुवन आर्मी क्लबले न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै ‘केपी ओली कप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले न्यूरोड टिम ९एनआरटी० लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

खेलको निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । एनआरटीका लागि लाल्मिन्जामाले गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा एनआरटीका भारतीय फरवार्ड लाल्मिन्जामाले उत्कृष्ट गोल गरे ।

त्यसपछि खेलको दोस्रो हाफमा आर्मी आत्मघाती गोलको सहयोगमा खेलमा फर्किएको थियोे । आर्मीका लागि एनआरटि कप्तान विक्रम धिमाललाई लाग्दै गोल भएको थियो ।

आर्मीले अब फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ ।

तपाईको प्रतिक्रिया