आईसीसी क्रिकेट विश्वकप लिग टु : युएई जाने नेपाली टिममा परेनन् सन्दीप

  फागुन ११, २०७९

काठमाडौं, फागुन ११ : युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुको खेल्न सन्दीप लामिछाने जान नपाउने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीपको नाम अटाएको छैन ।

क्यानले सन्दीपको ठाउँमा प्रतिस जिसीलाई राखेको छ। कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको समावेश नै नगरेको स्रोतले बताएको छ ।

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ। १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ। बलात्कार आरोप लागेका सन्दीपको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।

उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

तपाईको प्रतिक्रिया