लोसपाका नेताहरु महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनेमा विश्वस्त

  फागुन १०, २०७९

काठमाडौँ,फागुन १० : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ ।

बुधबार बिहान उक्त पार्टीका शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेटेर राष्ट्रपतिमा लोसपाका अध्यक्ष ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् ।

धुम्बाराहीस्थित देउवा निवासमा बुधबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायत नेताहरूले राष्ट्रिय सहमतिका लागि ठाकुर सबैभन्दा उपयुक्त पात्र हुने प्रस्ताव गर्नुभएको हो ।

उहाँले भेटमा कांग्रेस सभापति देउवाले त्यसबारे पार्टीले अहिलेसम्म कुनै पनि निणर्य नलिएको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति गर्ने विषयमा समेत छलफल गर्ने आश्वासन दिएको बताउनुभयो ।

लोसपाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समेत नेता ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया