राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  फागुन ०८, २०७९

काठमाडौँ,फागुन ८ : सहमतिमा राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

तपाईको प्रतिक्रिया