पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको प्रश्नः २४० वर्ष देश तपाईँहरुले चलाएको होइन ?

  फागुन ०७, २०७९

काठमाडौँ,फागुन ७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

२ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए ।

राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताए । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताए ।

तपाईको प्रतिक्रिया