काठमाडौँ, फागुन ४ : ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । कांग्रेस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो ।
भण्डारीलाई बम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनको उपचार टिममा डा।प्रदीप तिवारी क्रिटिकल केयर हेड डा।बृहस्पति एनेस्थेसिया एण्ड क्रिटिकल केयर, डा।रोशन शर्मा, फ्लाइट डाक्टर इएमएस सहभागी रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै दिनेश राई प्यारामेडिक्स इआर, सागर महर्जन प्यारामेडिक्स इआर र राज तामाङ प्यारामेडिक्स इआर पनि उपचार टोलीमा रहेका छन् ।
बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो । कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो ।
ग्यास पड्किएर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने बिहीवार निधन भएको छ । भण्डारी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।






