राष्ट्रपतिको उम्मेदवारको चर्चामा रहेका ठाकुरलाई केपी ओलीले आफ्नै गाडीमा हालेर बालकोट लगेपछि…

  माघ २७, २०७९

काठमाडौँ, माघ २७ :लोसपाका अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा मुख्यद्वारमा ओलीको पछाडि थिए लोसपा अध्यक्ष ठाकुर ।

पत्रकारहरू ओलीको प्रतिक्षामा थिए । ओली पछाडि फर्किएर ठाकुरतिर संकेत गर्दै अघि बढे । उनले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै बयोवृद्ध नेता ठाकुरलाई आफ्नो गाडीभित्र बस्न इसारा गरे ।

सुरक्षाकर्मीलाई ठाकुरको लागि गाडी चढ्न सहजीकरण गर्न इसारा गरे । ठाकुर पनि आज्ञाकारी बालक जसरी ओलीको गाडीभित्र बसे । ठाकुरलाई चढाएपछि ओली गाडीभित्र पसे ।

ठाकुरको गाडी नभएर ओलीले लिफ्ट दिएका हुन् ? पत्रकारहरू नै अलमलमा परे । तर संसद भवनबाट निस्केको करीव आधा घण्टापछि ओलीसँगै ठाकुर पनि बालकोटमा एउटै गाडीबाट ओर्लिए ।

कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेका ठाकुरलाई ओलीले आफ्नै गाडीमा राखेर बालकोट लगेका हुन् । दुई नेता राजनीतिक विषयमै छलफल गर्न बालकोट गएको नेताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया