एमाले केन्द्रीय कमिटी बैठक स्थगित

  माघ २३, २०७९

काठमाडौँ, माघ २३ : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताउनुभयो । उहाँले चाँडै नै बैठकको मिति तय गरिने जानकारी दिनुभयो ।

एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

तपाईको प्रतिक्रिया