‘खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ’

  माघ १६, २०७९

मोरङ,माघ १६ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले खेलकुद क्षेत्रको सुधार गरी उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले खेलाडीको सुविधा र व्यवस्थापनका सम्बन्धमा आवश्यक सुधार गरी अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्नु आजको आवश्यकता रहेको विचार राख्नुभयो । नेता बाँस्कोटाले भन्नुभयो, “खेलकुद राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय पहिचान र आर्थिक कारोबार गर्ने ठाउँ भएकाले यसलाई राजनीतिबाट मुक्त गर्नुपर्छ ।”

महासङ्घका संयोजक पर्शुराम बस्नेतले आगामी फागुन ७ गते विराटनगरमा हुने दोस्रो अधिवेशनका लागि दुई सय १६ सदस्यीय केन्द्रीय कमिटी रहेको मूल व्यवस्थापन समिति र १५ वटा उपसमितिका संयोजक गठन गरेको जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्माले महाधिवेशनको उद्घाटन गर्नुहुने इन्चार्ज बाँस्कोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया