काठमाडौं, माघ १४ : पत्रकार ऋषि धमलाकी पत्नी तथा अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ। आज भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराउनुभएको हो ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमले पार्टीमा आउन इच्छा राखेपछि प्रवेश गराए पनि जिम्मेवारीको टुंगो भने नलागेको बताउनुभयो ।
गौतमसँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्नुभएको छ ।






