सङ्खुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने

  माघ १२, २०७९

किमाथाङ्का, माघ १२ : सङ्खुवासभाको खाँदबारीमा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम खाँदबारीमा माघ १८ देखि २१ गतेसम्म प्रदेश नं १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजक सूर्य आवसीय माध्यमिक विद्यालयले खाँदबारीमा आज पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । भलिबल प्रतियोगितामा आयोजकसहित प्रदेश १ का १४ जिल्लाका १५ टिमको सहभागिता रहने आयोजक सूर्य बोर्डिङ स्कुलले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११, दुई सय तोला चाँदीको ट्रफी, उपविजेताले रु ५५ हजार, तेस्रो हुने टिमले रु ३३ हजार र सान्तवना हुने टिमले रु ११ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका अध्यक्ष तीर्थ पन्तले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया