खुला जुनियर उसु प्रतियोगितामा काठमाडौँ च्याम्पियन

  माघ ११, २०७९

काठमाडौँ, माघ ११ : काठमाडौँ उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौँ आठ स्वर्ण, चार रजत र छ कांस्यपदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान सात स्वर्ण, चार रजत र १० कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको ड्रागन उसु क्वानले पाँच स्वर्ण पाँच रजत र चार कांस्य हात पा¥यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको उक्त प्रतियोगिताअन्तर्गत थाउलोको पुरुषमा ड्रागनका रोजिश बल तथा महिलामा बुद्ध प्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, नेपाल उसु महासङ्घका अध्यक्ष जनक गर्तौला, आयोजक कालभैरव उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठलगतयतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया