प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

  माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपवमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन्।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्।

सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनाव लड्न खोजेका उनलाई अन्तिम समयमा टिकट नदिएर लेखनाम दाहाललाई दिइएको थियो।

गजुरेल माओवादी पार्टीका पुराना नेता हुन्।

तपाईको प्रतिक्रिया