माओवादीले बलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा !

  माघ ०८, २०७९

कमाडमाडौं, माघ ८ : नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।

जसका लागि शनिबार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मन्जुर भएका छन् ।

तपाईको प्रतिक्रिया