काठमाडौँ, माघ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँग भेट गरेकी छिन् ।
शनिबार राष्ट्रपति भण्डारीले विजुक्छेलाई उनकै निवासमा पुगेर भेट गरेकी हुन् । चाँगुनारायण मन्दिरको दर्शन गर्न पुगेकी भण्डारीले फर्किने क्रममा तौमढीस्थित बिजुक्छे निवासमा पुगेर करिब ४० मिनेट भेटवार्ता गरेकी हुन् ।
भेटमा बिजुक्छेलाई पत्नी वियोगप्रति समवेदना दिनुका साथै समसामयिक विषयमा कुराकानी भएको जानकारी दिइएको छ ।