कर्णाली प्रदेशका उपसभामुख न्यौपानेद्वारा शपथ ग्रहण

  माघ ०४, २०७९

कर्णाली, माघ ४ : कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपाने (पूर्णिमा)ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १० बमोजिम नवनिर्वाचित उपसभामुख न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकले उपसभामुख न्यौपानेलाई बहुमतले निर्वाचित गरेको थियो ।

सत्तारूढ दलका साझा उम्मेदवारका रूपमा उपसभामुखमा निर्वाचित न्यौपाने नेकपा ९माओवादी केन्द्र० कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया