माओवादी मधेस प्रदेश संसदीय दलका नेतामा साह निर्वाचित

  पुष २९, २०७९

काठमाडौं, पुस २९ : नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह निर्वाचित हुनुभएको छ ।

माओवादी दलका लागि आज भएको निर्वाचनमा ६ मत ल्याएर साह निर्वाचित हुनुभएको हो । उहाँसँग प्रतिस्पर्धा गरेका युवराज भट्टराईले मात्र ३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

महोत्तरी क्षेत्र नम्वर १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता हुनुहुन्थ्यो । उहाँ प्रदेशका निवर्तमान गृह तथा सञ्चारमन्त्री हुन् ।

तपाईको प्रतिक्रिया