आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता हुने

  पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी पार्टी) बीच एकता हुने भएको छ ।

पूर्वमन्त्री समेत रहनुभएका प्रभु साहले केही हप्ता पहिले खोल्नुभएको आजपा र माओवादी समाजवादी एकताबद्ध हुने सहमति भएको आजपाका प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिनुभयो ।

२ पार्टीको एकतापछि पार्टीको नाम भने आम जनता पार्टी नै रहने भएको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित हुनुभएका प्रभु साहले यही महिना आफ्नै नेतृत्वमा पार्टी गठन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया