शेखर कोइरालाको खुलासा : कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुको कारण यस्तो !

  पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।

बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।

म सभामुख उपुभामुखको कुरा गरिसकेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छ । ती निर्वाचनमा हामीहरु उम्मेदवार दिन्छौं’ उनले भने, राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।

नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए । हामीले आफ्नो उम्मेदवार दिँदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले’ उनले भने ।

आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया