पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता

  पुष १९, २०७९

कास्की, पुस १९ : सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त म्याराथनको तयारी सुरु भएको आयोजक संस्थाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आठ विधा एकै दिन हुनेछन् ।

मुख्य विधाअन्तर्गत खुला म्याराथन, हाफ म्याराथन (महिला, १० किलोमिटर दौड (महिला-पुरुष), विद्यालयस्तरिय पाँच किलोमिटर दौड (छात्र-छात्रा), महिला-पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड समावेश गरिएको मञ्चका अध्यक्ष हरि पराजुलीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ समेत समावेश गरिएको छ । यसपटक विजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । यसैगरी द्वितीयलाई रु तीन लाख, तृतीयलाई रु दुई लाख र सान्त्वनास्वरुप चौथो हुने धावकलाई रु ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न विजेतालाई रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी महिला हाफ म्याराथनका विजेताले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तेस्रो हुनेले रु ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । दस किलोमिटर सडक दौड महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । पोखरा म्याराथनले अन्तर्राष्ट्रिय म्याराथन

तपाईको प्रतिक्रिया