ओली र भट्टराईबीच बालकोटमा भेटवार्ता, खुल्यो यस्तो रहस्य !

  पुष १८, २०७९

भक्तपुर,पुस १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच आज वर्तमान राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

आज साँझ बालकोटस्थित ओली निवास पुग्नुभएका भट्टराई र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश, सत्ता गठबन्धनबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

दुई अध्यक्षबीच सरकारको प्रभावकारिता, सरकारले लिने विश्वासको मत, सरकार सञ्चालन, नीति तथा कार्यक्रमको तयारीबारे छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया