केपी ओली भेट्न पुगे बाबुराम बालकोट, यस्तो छ कारण !

  पुष १८, २०७९

काठमाडौँ ,पुस १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारिता, सामसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न पूर्व्रधानमन्त्रीसमेत रहनुभएका डा। भट्टराई ओली निवास बालकोट पुग्नुभएको हो ।

नेपाल समाजवादी पार्टीको सचिवालयका अनुसार ओली निवास बालकोटमा दुई नेताबीच केही घण्टा छलफल भएको छ। ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ।

गठबन्धनको प्रमुख दलसमेत रहेको एमालेसँग मन्त्रालय बाँडफाँडका विषयमा समेत कुराकानी भएको छ ।

तपाईको प्रतिक्रिया